Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युरो २०२४ को छनोटमा रुसलाई प्रतिबन्ध

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूइएफएले रुसलाई युरोकप २०२४ को छनोटमा प्रतिबन्ध गरेको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि यूइएफएले रुसलाई युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो ।

गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । जसका कारण यूइएफए र फिफाले रुस र रुसी क्लबलाई प्रतिबन्ध लगाउँदै आएका छन् ।

रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको पनि त्यो जुलाईमा खारेज भएको थियो ।

‘रुसलाई युरोपियन फुटबल च्याम्पियनसिप २०२२/२४ को छनोट ‘ड्र’ मा समावेश गरिएको छैन,’ यूईएफएले विज्ञप्तिमा भनेको छ ।

युरो २०२४ छनोटको ‘ड्र’ आउँदो अक्टोबर ९ मा फ्रांकफर्टमा हुनेछ । युरो २०२४ जर्मनीले आयोजना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077