Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुर महानगरले भन्यो - अवैध संरचना ३५ दिन भित्र हटाउनू

काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन ३५ दिने सूचना निकालेको छ ।

नक्सा स्वीकृत बिना र मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउन महानगरपालिकाले बुधबार सूचना निकालेको हो ।

सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचजना हटाउन महानगरपालिकाले भनेको छ । तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ ।

महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढीलगायतका संरचना हटाउन महानगरले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077