Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेनका यी चार क्षेत्रमा जनमत संग्रहको तयारी

    युक्रेनका यी चार क्षेत्रमा जनमत संग्रहको तयारी

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 969
    SHARES

    फाइल फोटो

    काठमाडौं । मस्कोको नियन्त्रणमा रहेका युक्रेनका चार क्षेत्रहरूले रुसमा मिल्ने सम्बन्धमा तथाकथित जनमतसंग्रहको घोषणा गरेका छन् ।

    रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो ।
    यसले ती क्षेत्रहरूलाई रुसमा गाभिने बाटो खोल्ने बताइएको छ ।



    रुसी नियन्त्रणमा रहेका दोनेत्स्क र लुहान्स्क क्षेत्रका अधिकारीहरूले सेप्टेम्बर २३ देखि २७ सम्म मतदान आयोजना गर्ने बताएका छन् । ती क्षेत्रलाई रुसी फौजले युक्रेनमा आक्रमण गर्नु तीनदिन पहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र घोषणा गरेका थिए ।



    यस्तै, रुसी नियन्त्रणमा रहेको खेर्सोन र जापोरिझ्याका रुसद्वारा स्थापित अधिकारीहरूले पनि मतदानको घोषणा गरेका छन् ।दोनेत्स्का अधिकांश भूभाग युक्रेनको नियन्त्रणमा छ, यद्यपि सी अफ एजोभको तटीय क्षेत्र रुसी कब्जामा छ ।

    हालैका महिनाहरूमा रुसको आक्रमण रोकिएको छ र युक्रेनले उत्तर–पूर्वी क्षेत्रको ठूलो भूभाग पुनः आफ्नो निण्न्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार