काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गर्न सक्दो प्रयास गरिरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले सबैको समन्वयबाट कोभिड १९ र डेंगीलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले सरकारले सुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, खोपलगायतका आवश्यक सामग्रीहरुको आपूर्ति वितरण र कोभिड १९ र डेंगु रोगबाट बिरामीको उपचार र व्यवस्थापनमा जोड दिादै आइरहेको बताए ।
प्रधानमन्त्री देउवाले विज्ञहरुको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनै पनि समस्या समाधानका लागि सामूहिक पर्यत्न र सहकार्यको आवश्यक्ता गर्ने उल्लेख गरे ।
Leave a Reply