Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यौनजन्य अपराधका आरोपीको गोपनीयता राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट

    यौनजन्य अपराधका आरोपीको गोपनीयता राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 948
    SHARES

    फाइल फोटो

    काठमाडौँ । बलात्कार तथा यौनजन्य हिंसाको आरोप लागेका व्यक्तिको सबै विवरण सार्वजनिक गर्ने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

    अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटाले आरोपी तथा अभियुक्तको परिचय गोप्य राख्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।



    गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ ।



    ‘यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी अभियोग लागेका अभियुक्तलाई न्याय सम्पादन गर्ने क्रममा सांकेतिक ना प्रदान गर्नु भनी विपक्षीको नाममा संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम परमादेश आदेश जारी गरी पाऊँ,’ रिटमा उल्लेख गरिएको छ ।

    यौनजन्य कसुरको जाहेरी पर्नासाथ समाजिक सञ्जाल, सञ्चारमाध्यममा आरोपितको पहिचान र तस्बिर सार्वजनिक गरिदाँ त्यस्ता जाहेरी परेका व्यक्तिको गोपनीयता भंग हुने ठहर गर्दैै रिट दायर गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार