Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • चाडपर्वलक्षित सुपथ मूल्य पसलको व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

    चाडपर्वलक्षित सुपथ मूल्य पसलको व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 774
    SHARES

    काठमाडौं । संसदीय समितिले दसैँ, तिहार, छठजस्ता पर्वहरुका लागि देशभर सुपथ मूल्य पसलहरुको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

    राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।



    दशैं, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए ।



    बैठकले दशैंका लागि घर जाने यात्रुहरूको लागि सहज ढंगले टिकट पाउने गरी काउन्टरहरूको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार