Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • युक्रेनी सेनाले लियो बिलोहोरिव्का गाउँ नियन्त्रणमा

    युक्रेनी सेनाले लियो बिलोहोरिव्का गाउँ नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । युक्रेनी सेना स्वघोषित लुगान्स्क जनगणतन्त्रको बिलोहोरिव्का गाउँ नियन्त्रणमा लिन सफल भएको छ ।

    रुसले सम्पूर्ण लुगान्स्क क्षेत्रमाथिको नियन्त्रण गुमाएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले लुगान्स्क र डोनेत्स्कलाई युक्रेनी शासनबाट मुक्त गर्ने यो युद्धको एक लक्ष्यका रूपमा प्रस्तुत गरेका थिए ।



    लुगान्स्कका गभर्नर सर्ही हाइदाइले युक्रेनी सैनिकहरू बिलोहोरिव्कालाई पूर्ण नियन्त्रणमा लिन सफल भएको बताए । टेलिग्राम च्यानलमा आएका भिडियोहरूमा युक्रेनी सैनिकहरूले ध्वस्त भएको सडकमा गश्ती गरिरहेको देखिन्छ ।



    रुसी सैनिकहरूले विगत साढे दुई महिनादेखि पूरै लुगान्स्क क्षेत्रमा कब्जा गरेका थिए । विगत १३ दिनमा युक्रेनी सैनिकहरूले प्रत्याक्रमण गर्दै खार्किभ क्षेत्रमा ३०० वटा बस्तीलाई मुक्त गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार