काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको बताएका छन् ।
मंगलबार एड्भोकेशी फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले यस्तो बताएका हुन् ।
उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको समेत बताए ।
उनले निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अहिलको स्वरुपमा अघि बढाउनेमा आफू ढुक्क रहेको धारणा राखे।
संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणमा केहि ढिलाइ मात्र भएकाले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
Leave a Reply