Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनशनत डा. केसीलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याउने तयारी

काठमाडौं । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याउने तयारी भएको छ ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रक मार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

त्यस्तै, अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच प्रधानमन्त्री कार्यालयमा वार्ता जारी छ ।

चिकित्सा सुधारको माग राख्दै अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि सहमति जुट्न सकेको छैन ।

दुवै वार्ता टोलीका अनुसार डा. केसीले उठाएका मागमा बुँदाबुँदामा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077