Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी रिट ‘हेर्न नमिल्ने’ मा

    नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी रिट ‘हेर्न नमिल्ने’ मा

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 873
    SHARES

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिट ‘हेर्न नमिल्ने’ मा राखिएको छ

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी भदौ ३० गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।



    वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको छ । निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको छ ।



    सर्वोच्च अदालतका न्यायाधीश डा.मनोज शर्माको इजलासमा परेको सो निवेदन ‘हेर्न नमिल्ने’ कारण मंगलबार सुनुवाइ हुन सकेन ।

    मंगलबाट स्थगित भएको निवेदन फेरि बुधबारका लागि पेशी तोकिएको छ । निवेदनमा राष्ट्रपति कार्यालय सहित प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार