Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सहमति जुट्न नसकेपछि गठबन्धन बैठक सकियो, अर्को बैठक ४ बजे बस्ने

    सहमति जुट्न नसकेपछि गठबन्धन बैठक सकियो, अर्को बैठक ४ बजे बस्ने

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 756
    SHARES

    काठमाडौं । सिट बाँडफाँट टुंग्याउन बसेको सत्तागठबन्धनको बैठक दिउँसो ४ बजे फेरि बस्नेगरी सकिएको छ। सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि दिउँसो ४ बजे बैठक फेरि बस्न लागेको हो।

    आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा बैठक बसेको थियो।



    पाँच दलीय सत्ता गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि कुन पार्टीले कति सिट लिने भन्नेमा सहमति हुन सकेको छैन।



    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु छलफलमा सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार