Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दशैँका लागि १६ हजारले लिए अग्रिम टिकट

    दशैँका लागि १६ हजारले लिए अग्रिम टिकट

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 903
    SHARES

    काठमाडौँ । बडादशैँमा घर जानका लागि १६ हजारले अग्रिम टिकट बुकिङ गरेका छन्।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले असोज १ गतेदेखि अहिलेसम्म यी संख्यामा टिकट बुकिङ गरेको जानकारी दिए।



    यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको भदौ २२ गते बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।



    महासंघले यो वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार