Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदै

    नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदै

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 726
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोस्रो पटक हुवहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदै छ ।

    पर्खाइमा छ। नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत भएको आज १५ दिन पुगेको हो ।



    सभामुख अग्निप्रसाद सापकोटाले गत भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएका थिए। सभामुखबाट आएको १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्छ । १५ दिनको समयसीमा आज राति १२ बजेबाट सकिँदै छ ।



    संविधानअनुसार राष्ट्रपतिले १५ दिन सम्ममा नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ। यसरी एउटै विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था संविधानको धारा ११३ को उपधारा ४ मा उल्लेख छ।

    राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते फिर्ता गरिदिएकी थिइन्।

    संविधानको धारा ११३ मा राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाउन सक्ने व्यवस्था छ। तर पुनर्विचारका लागि फिर्ता भएको विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुन पेश गरेपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने व्यवस्था संविधानकै धारा ११३ को उपधारा ४ मा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार