काठमाडौं । अनेरास्ववियुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने भएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेकपा (एमाले) निकट अनेरास्ववियु, वीर गोर्खाली अभियान र १०० ग्रुपमा आबद्ध युवाहरूले सर्वोच्च अगाडी प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जबराले भने सर्वोच्च फर्किने सूचना पठाएका थिए ।
सर्वोच्च प्रशासनलाई सूचना पठाएर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भएको भनेका थिए । एमाले अहिले सम्मपनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको पक्षमा बोल्दै आएको छ ।
Leave a Reply