Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • अन्तरिक्षमा ४३७ दिन बसेर कीर्तिमानी कायम गरेका भ्यालेरीको निधन

    अन्तरिक्षमा ४३७ दिन बसेर कीर्तिमानी कायम गरेका भ्यालेरीको निधन

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 774
    SHARES

    एजेन्सी । रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको ८० वर्षको उमेरमा निधन भएको छ । रुसी अन्तरिक्ष एजेन्सीले पोल्याकोभको उनको मृत्यु भएको घोषणा गरेको हो।

    कीर्तिमानी समय अन्तरिक्षमा बसेका उनले सन् १९९४-१९९५ को बीचमा ४३७ दिन मीर अन्तरिक्ष स्टेशनमा बिताएका थिए।



    त्यहाँ उनले मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपर्‍यो भने मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्न सक्छन्-सक्दैनन् भन्ने अध्ययन गरेका थिए।



    उनको १४ महिनाको परीक्षणमा अन्तरिक्षमा बस्दा उनको कार्यशैलीमा कुनै असर पुगेन। उनको जन्म मस्कोको तुला शहरमा १९४२ मा भएको थियो। उनी पहिले एक चिकित्सक थिए र पछि अन्तरिक्ष यात्री बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार