काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ मंसिरमा हुने चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
लोसपाका नेता केशव झा बन्दसूचीको लिएर आयोग पुगेका हुन् ।
त्यस्तै, समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन नेपाल मजदुर किसान पार्टी निर्वाचन आयोग पुगेको छ । नेमकिपाका नेता प्रेम सुवाल बन्दसूचीको फाइल बोकेर आयोग पुगेका हुन् ।
४ मंसिरमा हुने चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो । आइतबार पनि बन्दसूची बुझाउने समय थियो ।
Leave a Reply