काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दी गरेकै कारणले नेकपा विभाजन भएको नेपालले दाबी गरेका छन् ।
पार्टी निकट मगर संघको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अध्यक्ष ओली व्यक्तिवादमा रमाएको आरोप लगाएका हुन् ।
ओलीले देश विकास गर्नेबारे कहिल्यै छलफल नगरेको नेपालले बताए । उनले भने, ‘देशको विकास गर्नेबारे छलफल भएन। व्यक्तिको पूजा गर्ने प्रवृत्ति हावी भयो।’
कम्युनिष्ट पार्टी विधि र संगठन अनुसार चल्नुपर्ने भएपछि ओलीले गुटबन्दी गरेकै कारणले नेकपा विभाजन भएको नेपालले दाबी गरे। जनता, समाज र देशभन्दा बाहिर आफूहरुले सोच्न नमिल्ने उनले बताए।