Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डा. केसी र सरकारी वार्ता टोलीबीच आज फेरि वार्ता हुँदै, केसीको स्वास्थ्य दिन प्रतिदिन खस्कँदो

काठमाडौं । धनगढीमा अनशनरत  र सरकारी प्रतिनिधिबीच आज फेरि वार्ता हुँदैछ।

आइतबार पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज फेरि वार्ता हुन लागेको हो।

पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज दिउँसो १ बजे फेरि वार्ता हुने डा. केसीका तर्फबाट वार्तामा सहभागी डा प्रितम सुवेदीले जानकारी दिए।

डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली बनेको छ भने सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।

डा केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए।

कैलालीमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077