Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना, २७ को मृत्यु

एजेन्सी । चीनमा कोराना संक्रमितहरु चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितहरुलाई क्वारेन्टाइन परिसरतर्फ लैजाँदै गरेको एउटा बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

चीनको दक्षिण–पश्चिमी कुईचौ प्रान्तमा आइतबार बिहान बस पल्टिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

दुर्घटनापछि बेइजिङगको ‘शून्य–कोभिड’ नीतिलाई लिएर अधिकांश मानिसहरुले अनलाइन मार्फत आक्रोश समेत व्यक्त गरेका छन् । उक्त नीति अन्तर्गत ठूलो संख्यामा सर्वसाधारणको कोरोना परीक्षण र संक्रमितहरूको पहिचान गर्ने गरिएको जनाइएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077