Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनशनरत डा.केसीलाई अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि अन्यत्र स्थानान्तरण (रिफर) गर्न सुझाव दिएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।

उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन ।

आइतबार डा.केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर निष्कर्षविहीन भइ टुंगिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077