काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा सोमबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गरेका छन् ।
उनले आगामी चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
देउवाले भने,‘निर्वाचनले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्दछ भने अर्कातिर यसले हाम्रो संविधानलाई चलायमान बनाउन र यसको जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्दछ, अब हुने चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको छु ।’’
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, का।मु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिति थियो ।
Leave a Reply