काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट निस्कन नदिइएको विषय प्रहरीले अस्वीकार गरेको छ ।
निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले सुरक्षाको विषयले मात्र प्रधानन्यायाधीशको निवासमा प्रहरी राखिएको बताएका हुन् ।
उनले भने, ‘अन्य दिनभन्दा बढी उपस्थित भएकाले रोकेको भन्ने बुझाइ हुन सक्छ। सुरक्षाको विषयमा केन्द्रित भएर प्रहरी राखिएको हो।’
यसअघि निवासमै रोकिएको भन्ने विषयमा जबराले आक्रोशित हुँदै आफू सर्वोच्च जाने तयारीमा रहे पनि सरकारले निवासमै रोकेको बताएका छन्।
तर, आइतबार सर्वोच्च अदालत जाने तयार रहेका उनलाई सुरक्षा निकायले बालुवाटारबाट निस्कन रोकेको आरोप लगाएका छन् ।
Leave a Reply