Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा सांसद अमृता अग्रहरी एमालेमा प्रवेश

काठमाडौं । जसपा केन्द्रीय सदस्य एवं निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमाले प्रवेश गरेकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर अग्रहरि पार्टी प्रवेश गरेकी हुन् ।

जसपामा पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहँदै आएकी अग्रहरिले चुनावको मुखमा एमाले रोजेकी हुन् ।

बालकोटमा एमालेको सचिवालय बैठक चलिरहेको छ । बैठक जारी रहँदा उनलाई पार्टी प्रवेश गराइएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका प्रभावशाली नेताहरुले एमाले प्रवेश गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077