Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराईले फिर्ता गरे संसदको लोगोसहित सचिवालयबाट लिएका सबै सामग्री

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा प्राप्त सबै सामग्री फिर्ता गरेका छन् ।

प्रतिनिधि सभाको कार्यकाल सकिएपछि उनले आइतवार आफूले सांसदको हैसियतमा प्राप्त गरेको सबै सामग्री फिर्ता गरेका हुन् ।

सांसद निर्वाचित भएपछि उहाँले प्रयोग गर्नु भएको रातो पासपोर्ट, संसदको लोगोसहित संसद् सचिवालयमा बरबुजारत गर्नु पर्ने सबै सामग्रीहरू आजकै मितिमा फिर्ता गरेका हुन्  ।

उनी २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङ जिल्लाबाट २९ हजार ४७९ मत प्राप्त गरी विजयी भएका थिए ।

उनले सांसदको हैसियतमा पाएको रातो पासपोर्ट समेत फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । भट्टराई यस अवधिमा भएको जम्मा ३१८ बैठकमध्ये २६५ वटामा उपस्थित भएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077