Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको छ ।

सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछाने नेपाल नफर्किएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको प्रहरी स्रोत को भनाई छ।

लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन बितिसक्दा पनि उनी कहाँ छन् भन्नेबारे अझै प्रहरीले जानकारी पाउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077