Online Nepal
  • बुधबार, १० पुष २०८१
  • महाभियोगको टुंगो नलागेसम्म जबरा काममा फर्कन पाउँदैनन् : वरिष्ठ अधिवक्ता श्रेष्ठ

    महाभियोगको टुंगो नलागेसम्म जबरा काममा फर्कन पाउँदैनन् : वरिष्ठ अधिवक्ता श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 867
    SHARES

    काठमाडौं । नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले महाभियोगको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतमा फर्कन नमिल्ने बताउका छन् ।

    आइतबार सर्वोच्च अदालतको मूलगेटमा पुगेका उनले प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागाएसम्म काममा फर्कन नमिल्ने बताएका हुन् । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबराले काममा फर्कने तयारी गरेका थिए ।



    वरिष्ठ अधिवक्ता श्रेष्ठले महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रष्ट उल्लेख गरिएको दावी समेत गरे ।



    वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले संसदमा बुझाएको जबरामाथि लगाएको महाअभियोगको छानबिनको प्रतिवेदन नयाँ आउने प्रतिनिधिसभाले टुंगो लगाउने व्यवस्था रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार