Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • चोलेन्द्रलाई जोगाउन एमाले नाम गरेको पार्टीले षडयन्त्र गर्‍यो : रामनारायण बिडारी

    चोलेन्द्रलाई जोगाउन एमाले नाम गरेको पार्टीले षडयन्त्र गर्‍यो : रामनारायण बिडारी

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 852
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव चुनावपछिको प्रतिनिधि सभाले हेर्ने बताएका छन् ।

    आईतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता बिडारीले यस्तो बताएका हुन् ।



    वरिष्ठ अधिवक्ता बिडारीले नेकपा एमालेले प्रधानन्यायाधीश जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाए ।



    उनले भने, ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन । नेकपा एमाले नाम गरेको पार्टीले चोलेन्द्र जस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनको निम्ति आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो ।’

    बिडारीले महाअभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार