Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्र शमशेर सर्वोच्च फर्किने सूचनापछि अदालत परिसरमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । सर्वोच्च अदालत परिसरका सुरक्षा व्यवस्था कडा पारिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च फर्किने सूचना पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

अहिले अदालत परिसरमा नेपाल प्रहरी तैनाथ गरिएको छ। चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन कामु रजिष्ट्रारलाई शनिबार नै सूचना दिइसकेका थिए ।

सोही अनुसार आज सर्वोच्च जाने तयारीमा राणा रहेका छन् । जबराले सर्वोच्च फर्किने तयारी थालेको भन्दै नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियनले गेटबाटै फर्काउने चेतावनी दिएको छ ।

उनी सर्वोच्च प्रवेश गर्न खोज्दा तनावकोस्थिति हुनसक्ने कुरालाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077