काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ।
शनिबार पनि सचिवालय बैठक बसेको थियो। शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फका उम्मेदवारको नामावली तयार गर्नेबारे छलफल गरेको थियो।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उमेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएको बताए ।
बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उमेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उनले बताए । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवार सूची बुझाउने समय दिएको छ ।
Leave a Reply