Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • एमाले र लोसपाको फरक मत

    संसदीय समितिद्वारा चोलेन्द्र शमसेरलाई महाभियोग लगाउन सिफारिस

    संसदीय समितिद्वारा चोलेन्द्र शमसेरलाई महाभियोग लगाउन सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन सिफारिस गरेको छ। शनिबार बसेको समितिको बैठकले राणालाई महाभियोग लगाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

    शनिबार भएको छलफलपछि समितिमा भएका सत्तागठबन्धनका सांसदको बहुमतमा चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस गरिएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार गठबन्धनका सांसदहरूले पर्याप्त आधार र कारणहरू भएको भन्दै चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस गरेका हुन्।



    सिफारिस प्रतिवेदनमा हस्ताक्षर भइरहेको पनि उनले बताए। हस्ताक्षर गरिसकेर आजै सभामुखलाई प्रतिवेदन बुझाइने पनि उनले जानकारी दिए।



    राणालाई महाभियोग सिफारिस गर्ने निर्णयविरुद्ध नेकपा एमाले र लोसपाका सांसदहरुले भने फरक मत राखेका छन्। एमालेले ८ बुँदे फरक मत राखेको हो।

    प्रतिनिधि सभाले गत साउन १५ मा राणाविरूद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो। सत्तारुढ दलले २१ आरोपसहित राणाविरूद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार