काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा बैठक बसिरहेको छ । आजको बैठकबाट महाभियोगको प्रतिवेदनलाई अन्तिम रूप दिएर सभामुखलाई बुझाउने तयारी छ ।
आज बिहान ९ बजेदेखि १२ बजेसम्म बसेको बैठकमा प्रधानन्यायाधीश राणाले अघिल्लो दिन हस्ताक्षर गर्न बाँकी रहेको बयानको लिखतमा हस्ताक्षर गरेका थिए ।
त्यसपछि समितिका सांसदहरूले राणासँग पुरक प्रश्न सोधेका थिए । दिउँसो प्रतिनिधि सभाको बैठक भएकोले ३ बजेसम्मका लागि स्थगित भएको थियो ।
प्रतिनिधि सभा बैठक चलिरहेका बेला समितिका ११ जना सांसदहरू सिंहदरबार पुगेर महाभियोग सम्बन्धमा आवश्यक निर्णय गरी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा छन् ।
आज मध्यरातदेखि प्रतिनिधि सभाको अधिवेशन अन्त्य हुन लागेकोले त्यसअघि सभामुखलाई प्रतिवेदन बुझाउने समितिको योजना छ ।
Leave a Reply