Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ओलीलाई प्रचण्डको जवाफ – अझैपनि उही अहंकार, ठिकै छ जनताको फैसला ४ गते हेरौँला

    ओलीलाई प्रचण्डको जवाफ – अझैपनि उही अहंकार, ठिकै छ जनताको फैसला ४ गते हेरौँला

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 825
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा जनताको फैसला स्वीकार्न तयार रहेको बताएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते गठबन्धनलाई जनताले जवाफ दिने भनेपछि जनताको फैसला कुर्न चुनौती दिएका हुन् ।



    ‘प्रतिपक्षी दलको नेताले मंसिर ४ को कुरा गर्नुभयो । म विनम्रतापूर्वक स्मरण गराउन चाहन्छु, सन्देश राष्ट्रिय सभाको निर्वाचनले दिएको होइन र ? बारको निर्वाचनले दिएको होइन र ? पत्रकार महासंघको चुनाव र भर्खरैको स्थानीय तह निर्वाचनले दिएको होइन र ?’,



    प्रतिनिधि सभाको अन्तिम बैठकमा शनिवार समापन मन्तव्य राख्दै प्रचण्डले भने, ‘विनम्रतापूर्वक मेरै कारणले स्थायित्व र विकासलाई अवरोध गरेछु भन्नुपर्नेमा अझै पनि फेरि उही अहंकार ? ठीकै छ ४ गते हेर्ने ! हेरौला जनताको फैसला ।’

    प्रचण्डले प्रतिनिधि सभा विघटनको प्रतिगमन सच्चाउन खेलेको भूमिकाप्रति सबैलाई धन्यवाद दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार