Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • निर्वाचन आयोग सत्तापक्षबाट नलतारियोस् : केपी शर्मा ओली

    निर्वाचन आयोग सत्तापक्षबाट नलतारियोस् : केपी शर्मा ओली

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 732
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताएका छन् ।

    संसदमा बोल्दै एमाले अध्यक्ष ओलीले समग्रमा यो संसदको कार्यकाल सफल भएको बताएका हुन्।



    ओलीले भने, ‘सरकारलाई म भन्न चाहन्छु । अब उपरान्त निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो । सरकारले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने हो,हस्तक्षेपकारी भूमिका र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्न पाउँदैन ।’



    उनले निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई पनि आग्रह गरे । यसअघि स्थानीय तह निर्वाचनमा सरकारले शक्तिको दुरुपयोग गरेको ओलीले आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार