काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारलाई ‘परमादेशको सरकार’ भनेर टिप्पणी गरेको प्रति प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन् ।
आफ्नो सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यही कारणले अहिले सँगै संसदमा बसेर काम गर्ने अवसर मिलेको जिकिर गरेका हुन् ।
देउवाले भने, ‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले अहिले परमादेशको सरकार भनेर भन्नुहुनेछ । यो संसद् पनि परमादेशबाट आएको हो जसले गर्दा हामीसँगै काम गर्न पाइरहेका छौँ । परमादेशले हामीलाई भेट्न मौका दिएकाले न्यायालयले पनि न्याय गर्ने मैले महसुस गरेको छु ।’
उनले गठबन्धन सरकार समग्रमा राम्रो उपलब्धि हासिल गरेको मैले महसुस गरेको बताए । सरकारले संघ प्रदेश र स्थानीय तहको निर्वाचनमा समयमा सम्पन्न गर्न लागेको उनको भनाई थियो ।
Leave a Reply