कैलाली । अविरल वर्षाका कारण गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भिमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार राति करीब पौने ३ बजेतिर गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
उनकाअनुसार भिमदत्त राजमार्गकै अन्य ४-५ ठाउँमा पनि स–साना पहिरो गएर सडक अवरुद्ध भएको छ ।
अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक धर्म सिंह बिष्टको कमाण्डमा ६ जनाको प्रहरी टोली सो स्थानमा खटिएको छ ।
Leave a Reply