Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी भू–भागमा चिहान र ‘यातना केन्द्र’ भेटिएको युक्रेनको दाबी

एजेन्सी । युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रवार पुनः कब्जामा लिएको इज्युम सहरबाहिरको सल्लाको जङ्गलमा पुगेर बलौटे माटोबाट सयौँ शवहरू निकाल्न सुरु गरेका छन् ।

एएफपीका संवाददाताका अनुसार कम्तीमा एउटा शव हातले बाँधिएको अवस्थामा गाडिएको भेटिएको छ ।

युक्रेनको राजधानी किएभका अधिकारीहरूले खार्किभ क्षेत्र रुसी आक्रमणकारीहरूबाट पुनः कब्जामा लिएपछि सामूहिक चिहानस्थलमा चार सय ५० चिहानहरू गणना गरिएको र १० कथित ‘यातना केन्द्रहरू’ फेला पारेको बताएका छन् ।

इज्युमबाहिरको जङ्गलमा चिहानको टुप्पोमा अस्थायी क्रस र नम्बरले चिनो लगाइएको एएफपीका सञ्चारकर्मीले बताए । चिहानमा लेखिएको थियो, ‘१७ युक्रेनी सेना गाडिएको इज्यूम चिहान ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077