Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशका दुई नवनियुक्त राज्यमन्त्रीले लिए शपथ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले दुई राज्यमन्त्री नियुक्त गरेको छ ।

चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने दिन नजिकिँदै गए पनि त्यसलाई बेवास्ता गरेर मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री फेरबदल गर्दै पुर्नगठन गरेका हुन् ।

उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोडारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका गरे ।

यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्बर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको ठाउँमा सोडारीलाई पठाएको हो ।

यस्तै नेकपा एमालेमा प्रवेश गरेपछि बर्खास्तमा परेका कुलवीर चौधरीको ठाउँमा समाजवादीले बुढाथोकीलाई राज्यमन्त्री बनाएको हो ।

उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077