Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले गरे आफ्नो बयानको ६५ पेजसम्म हस्ताक्षर

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले गरे आफ्नो बयानको ६५ पेजसम्म हस्ताक्षर

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 870
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रवार आफ्नो बयानको ६५ पेजसम्म हस्ताक्षर गरेका छन् । उनले ६५ पेजसम्म बयानमा हस्ताक्षर गरेपछि महाभियोग सिफारिस समितिको बैठक स्थगित भएको हो।

    महाभियोग सिफारिस समितिको शुक्रवार बिहान ९ बजेदेखि शुरू भएको बैठकमा चोलेन्द्रलाई आफ्नो बयान पढेर सुनाउने र हस्ताक्षर गराउने काम भएको थियो ।



    शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १ सय ७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, चोलेन्द्रले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनलाई बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउने गरिएको थियो ।



    बाँकी बसेको प्रतिवेदन पढ्ने र हस्ताक्षर गर्ने काम भोलि सम्पन्न गर्ने तयारी छ । त्यसका लागि समितिको बैठक शनिवार बिहान ८ बजे नै बोलाइएको छ ।

    हस्ताक्षर सम्पन्न गरेपछि चोलेन्द्रलाई पूरक प्रश्न सोध्ने तयारी छ । समिति बैठकमा चोलेन्द्रले आफूले बोलेको भिडियो र अडियो आफ्नै हो भनेर हस्ताक्षर गर्ने तर प्रत्येक पेजमा नगर्ने अडान लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार