Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल भन्छन् - संसदको पाँच वर्षे कार्यकाल सन्तोषजनक रहेन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् ।

उनले जनताका मुद्दा स्थापीत गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताए।

२०७४ सालको निर्वाचन पनि जस्तो सोचिएको थियो, त्यस्तो संसदको पाँच वर्षे कार्यकाल हुन नसकेको उनको भनाइ छ ।

उनले केपी ओलीको व्यक्तिवादी चरित्र र अहंकारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप लगाए । उनले मुलुकको विकास र सुशासनका हिसाबले पनि विगतको पाँच वर्ष खराब भएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077