Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेंगु संक्रमित पत्रकारलाई मेदान्त र पुलिस अस्पताल लगिने

काठमाडौँ । नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ ।

काठमाडौँमा डेंगुका बिरामी बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि महासंघले आफ्ना सदस्यहरुको उपचारका लागि विशेष पहल गरेको हो ।

महासंघले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको व्यवस्था मिलाएको जानकारी गराएको छ । त्यस्तै, महाराजगञ्जकै मेदान्त पोलिक्लिनिकमा निःशुल्क परीक्षण गर्न सकिने पनि सूचनामा भनिएको छ ।

‘परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ,’ महासंघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077