काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बसिरहेको छ ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक जारी रहेको एक नेताले बताए।
आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ ।
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन आउँदो आइतबार र सोमबार (२ र ३ असोज) दुई दिन समय दिएको छ ।
दलहरुले समानुपातिक तर्फको ११० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ । जारी बैठकमा बन्द समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ ।
Leave a Reply