काठमाडौं । सरकारले घरेलु कामदारका रूपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्य रूपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ ।
हाल घरेलु कामदारका रूपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिई पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि तालिम अनिवार्य गरेको हो ।
वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ ।
Leave a Reply