Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापालाई डेंगु संक्रमण पुष्टि

काठमाडौं । आगामी प्रदेश प्रतिनिधिसभका निर्वाचनका लागि उम्मेदवार चयनको मारामारी चलिरहेका बेला नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विरामी परेका छन् ।

कांग्रेसका महामन्त्री थापालाई डेंगु संक्रमण भएको छ । उनी एक्कासी बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगु संक्रमण पाइएको हो ।

उनलाई १०४ डिग्री ज्वरो आएको थियो । पछिल्लो समय नेता तथा कार्यकर्ताको भेटमा निकै व्यस्त रहेका थापा बढी नै धपेडीमा थिए । जिल्ला जिल्लाबाट आएका उम्मेदवारका आकांक्षीहरु उनको घरमै लाइन लागेर उनीसँग आफ्ना विचार राख्दै आएका थिए ।

तर अचानक शरीर दुख्ने र ज्वरो आउने भएसँगै उनको स्वास्थ्य परीक्षण गर्दा डेंगु देखिएको हो । अब केही दिन उनी आराम गर्नेछन् भने कुनै भेटघाट नहुने उनको सचिवालयले जनाएको छ ।

चिकित्सकको सल्लाहअनुसार औषधि लिँदै उनी निवासमै आराम गरिरहेका छन् ।

त्यस्तै, महामन्त्री शर्मा मृगौलामा पथ्थरी भएका कारण त्यसको अप्रेसन गरी दुई दिन अघिमात्र घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077