धनगढी । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो।
तर उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ ।
डाक्टर केसीले आफू तीन करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधि लिन नमानकोे अस्पताल प्रशासनले जनाएको छ ।
केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।