Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • संसदको अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

    संसदको अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 669
    SHARES

    काठमाडौं । सरकारले संसदको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । संघीय संसदको ११ औं अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य हुने भएको छ ।

    मन्त्री परिषद बैठकले संघीय संसदकाे ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने तयारी गरेको हाे ।



    संघीय संसद प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारले तयारी गरेकाे छ ।



    समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यको सिफारिस गर्ने सरकाले आन्तरिक तयारी गरेको छ ।

    विभिन्न विषयमा छलफल गर्न शुक्रबार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार