Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी, संसद् अधिवेशन अन्त्यको सिफारिस हुने

    मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी, संसद् अधिवेशन अन्त्यको सिफारिस हुने

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 846
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी छ । शुक्रबार विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

    बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने बताइएको छ ।



    प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ । समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो ।



    मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको कार्यक्रम आइतबारदेखि सुरु हुँदै छ । आइतबार र सोमबार राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने कार्यक्रम तय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार