Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसद्वारा युक्रेनी बाँधमा क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा

एजेन्सी । रुसी सेनाले दक्षिणी युक्रेनस्थित एक मुख्य बाँधमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

आक्रमणपछि बाढीको खतरा बढेको भन्दै क्रिभी रिहको दुई जिल्लाका करिब दुई दर्जन बस्तीका मानिसलाई अन्यत्र जान अपिल गरिएको छ ।

नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बाँध फुटेको स्थानमा एक सय क्युबिक मिटर प्रतिसेकेन्डको गतिमा पानी ओइरिएको जनाए । जसका कारण इन्हुलेट्स नदीको जलस्तर निकै उच्च भएको र जोखिम बढेको उनको भनाइ छ ।

पछिल्लो समय युक्रेनी फौजले रुसी सेनाविरुद्ध कडा प्रत्याक्रमण गर्दै आएको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नियन्त्रणमा लिएको कम्तीमा ६ हजार वर्गकिलोमिटर भूभाग सेप्टेम्बर महिनामा मात्रै आफ्नो फौजले फिर्ता ल्याएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077