काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि आवेदन माग गरेको छ ।
नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।
खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि दरखास्त आह्वान गरिएको छ ।
नेपाली सेनाका सन्तती ११, महिला २२, आदिवासी जनजाती ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको सेनाले जनाएको छ ।