काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूमाथि लगाइएको महाभियोगबारे महाभियोग अध्ययन तथा सिफारिस समितिमा बयान दिने क्रममा मुछेका वरिष्ठ अधिवक्ताहरूसँग अहिले समितिमा छलफल भइरहेको छ ।
संसदको महाभियोग अध्ययन तथा सिफारिस समितिले राणाले मुछेका अधिवक्ताहरूलाई बैठकमा बोलाएर ती विषयमा छलफल गरेको हो । अहिले छलफल जारी छ ।
समितिले प्रधानन्यायाधीश जबराले लगाएको आरोपबारे उनीहरुसँग सोधपुछ गरिरहेको छ ।
समितिले सर्वोच्च अदालतका न्यायाधीश र पूर्व प्रधानन्यायाधीशलाई पनि बोलाएको भए पनि उनीहरुले उपस्थित हुन इन्कार गरेका छन्।
बारका पदाधिकारी तथा अधिवक्ताहरु भने समितिमा आएका छन्।
Leave a Reply