Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • मोबाइल फोनको आयात तत्काल खोल्नुपर्छ : दीपक मलहोत्रा

    मोबाइल फोनको आयात तत्काल खोल्नुपर्छ : दीपक मलहोत्रा

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 780
    SHARES

    काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताएका छन् ।

    बिहीवार मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टमको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको आरोप लगाएका हुन् ।



    उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठुलो विकृति बढेको बताए । अध्यक्ष मलहोत्राले नेपालमा ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरू चोरी पैठारीबाट नेपाल भित्रिने गरेको दाबी गरे ।



    धेरै लामो समयको प्रयासपछि मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु भएकाले आजदेखि अवैध रूपमा भित्र्याएका मोबाइल फोनहरू बन्द हुने बताए ।

    उनले नेपालमा वार्षिक ५५ अर्ब भन्दा बढीको आयात हुने भए पनि यो वर्ष २७ अर्ब रुपैयाँको मोबाइल फोन आयात हुने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार